काठमाडौं । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो पाँचौ शाखा बिस्तार गरेको छ ।
चैत्र ५ गते देखि नबलपरासी जिल्लाको गैडाकोट नगरपालिकका वडा नं. ४ गैडाकोट बजारमा
शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


कार्यक्रमको शुभारम्भ संस्थाका अध्यक्ष हिरेन्द्रमान प्रधानले गरेका थिए ।


ADVERTISEMENT

# # #


सो कार्यक्रममा संस्थाका संचालकहरु चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती , प्रमुख
कार्यकारी अधिकृत उध्दबराज थपलिया , सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतम ,स्थानीय
बुद्धिजीवी तथा प्रतिष्ठित व्याबसायीहरु महेन्द्रध्वज जि.सी. , अमृत भट्टचन ,  गोपाल सापकोटा चित्रध्वज
जि.सी लगायतकोउपस्थिति थियो ।

निजि क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको
हाल काठमाडौ केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक , काभ्रेपलाञ्चोको
बनेपामा र रुपन्देहीको मुर्गिया शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।

त्यसैगरी नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरीसकेको छ ।
ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाकोचुक्ता पूँजी करिब ५५ करोड पुग्नेछ ।

त्यसैगरी यस संस्थाले कास्कीको माच्छापुच्छे« गाउपालिका , जनकपुरको धनुषाधाम ,हेटौडामा शाखा कार्यालय संगै
काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आर्थिक बर्षमा संचालनमा ल्याउने गरी तयारी
गरिसकेको छ । यस संगै संस्थाले १० स्थानबाट आफ्नोसेवा प्रवाह गर्ने छ । साथै

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सम्पूर्ण डिजिटल बैंकिग सेवा समेत
छिट्टैसंचालनमा ल्याउनेगरी तयारी गरीसकेको छ ।