काठमाडौं। सर्वसाधारण सेयरधनीका तर्फबाट अम्बिका प्रसाद पौडेल नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका छन्।


ADVERTISEMENT


चैत १३ गते हुने बार्षिक साधारणसभाले उनको चयनलाई अनुमोदन गर्ने छ। टेलिकममा ८.४८ प्रतिशत सेयर सर्वसाधारणको छ। यसमध्ये ४.५ प्रतिशत कर्मचारी र ३.९८ प्रतिशत सर्वसाधारणको छ। नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ ।


ADVERTISEMENT

# # #


सर्वसाधारणमा गएको सेयरमध्ये पनि साढे ४ प्रतिशत त्यहीँका कर्मचारीको भएका कारण आमसर्वसाधारणबाट सञ्चालक समितिमा जाने कोही थिएनन्। पौडेल पहिलो पटक आमसर्वसाधारणको तर्फबाट सञ्चालक भएका हुन्।

पौडेल सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेस्टर्स फोरमको पुर्व अध्यक्ष पनि हुन्। उनीसमेत रहेको एक उच्च स्तरीय सरकारी समितिले नेपालको मुद्रा तथा पुँजी बजारको विकास तथा प्रबर्द्धनका लागि के के गर्नु पर्छ भनेर ५८ बुँदे सुझाब दिएको थियो।