सरकारले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गर्ने लिखित प्रतिवद्धता जनाएपछि डा। गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति भएपछि डा। केसीले बुधबार अनसन तोडेका हुन् ।
उनी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने लगायतका माग राखेर १४ दिन अघि अनशन बसेका थिए । तर, प्रमुख दलहरुबीच विधेयकमा सहमति नभएपछि र संसदको म्याद सकिएपछि विधेयक पारित हुन पाएको थिएन ।


ADVERTISEMENT


सरकारले अध्यादेशमार्फत् विधेयक ल्याउने प्रतिवद्धता जनाएको छ । सरकारको यहि प्रतिवद्धता पछि डा। केसीले १० वर्षीया बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर अनसन अन्त्य गरे ।
सरकार र डा। केसीबीच भएको सहमति पत्रमा चिकित्सा शिक्षा विधेयक ल्याउने, आईओएमको शुल्क घटाउने, त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा भएको अनियमिततामा संलग्नलाई कारवाही गर्ने, मेडिकल कलेज खोल्ने अनुमति दिँदा जनसंख्या, भूगोललगायतलाई आधार मान्नेलगायत बिषय उल्लेख छन् ।


ADVERTISEMENT

# # #