काठमाडौँ – थप १ हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ ।


ADVERTISEMENT


८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १६६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ६० हजार ५५७ जना पुगेको छ ।


ADVERTISEMENT

# # #


हाल ९२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म २ लाख ७५ हजार ८०६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल ८ हजार ६५९ सङ्क्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय ११ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार १०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।