काठमाडौँ – उद्योगी/व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्शका नवनियुक्त अध्यक्ष राजेन्द्र मल्लले खोटाङको हलेसी मन्दिरमा १ किलो चाँदी चढाएका छन् ।
मल्लले हलेसी गुफामा रहेको शिवलिंग ढाक्ने जलहरी निर्माणका लागि चाँदी चढाएका हुन् ।
श्रीमती कान्तिसहित मल्लले हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलाई १ किलो चाँदी हस्तान्तरण गरेका हुन् ।
उक्त चाँदी नितान्त व्यक्तिगत रुपमा मल्लले चढाएको जनाइएको छ ।
मल्लले गत फागुनमा हलेसी मन्दिर दर्शन गर्दा जलहरीका लागि चाँदी चढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।