• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




कोभिड त्रास पर्वतका सबै विद्यालय बन्द

Apr 28, 2021 |

कोभिड त्रास पर्वतका सबै विद्यालय बन्द

587
SHARES
ShareTweet

पर्वत– कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् ।


ADVERTISEMENT


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्क्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन् ।


ADVERTISEMENT

# # #


जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) को समन्वयमा पालिकाहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न थालेका हुन् ।जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण देखिएको र छिमेकी नगरका विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोनाको लक्षण देखिएकाले नगरपालिकाले वैशाख १७ गतेसम्म नगरअन्तर्गतका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार, कोरोना सङ्क्रमण बढेका कारण विद्यालय बन्दको अवधि बढ्नसक्छ । उनले चैत १७ गतेसम्मको अवधिमा देखिने प्रभावलाई मूल्याङन गर्दै नगरपालिकाले थप निर्णय गर्ने बताए ।

छिमेकी जिल्ला बागलुङमा धमाधम विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जलजला गाउँपालिकाले भौतिक उपस्थितिमा पठनपाठन अनिश्चितकालका लागि बन्द गरेको छ । वैशाख १३ गतेदेखि पालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयलाई भुर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिएका छन् । उनले पठनपाठनसँगै परीक्षासमेत स्थगन गरिएको बताए ।

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले वैकल्पिक माध्यमवाट कक्षा सञ्चालन भइरहेको जनाए। विद्यालय प्रशासन खुला भए पनि विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरेको उनको भनाई छ । फलेवास नगरपालिकाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसँगै कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाअन्तर्गत सम्पूर्ण विद्यालय वैशाख २१ गतेसम्म बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बिहादीले वैशाख २२ गतेसम्म र मोदी गाउँपालिकाले वैशाख १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय जनाएका छन् ।

यता महाशिला गाउँपालिकाले भने नियमितरूपमा कक्षा सञ्चालन गरिएको बताएको छ । गाउँपालिका प्रवक्ता जीवन उच्चै ठकुरीले विद्यालयमा सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गरेको प्रतिक्रिया दिए। उनले आइतबारदेखि दुई चरणमा वार्षिक परीक्षा सञ्चालन गर्नेसमेत बताए । महाशिला गाउँपालिकामा कोरोनाको प्रभाव खासै नदेखिएकाले नियमितरूपमा विद्यालय सञ्चालन गर्ने उनको भनाइ छ । रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousलेखक बुद्धिसागरका टिप्स, ‘लकडाउनमा यसो गरौँ’
Nextपूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

ताजा खबर

  • एसीसी यू-१६ पूर्वी क्षेत्र कपको उपाधि नेपाललाई, सिंगापुर २ विकेटले पराजित
  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः यस वर्ष मधेसको दक्षिण भूभागमा कम वर्षा हुने
  • ‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेशसहितको भव्य कन्सर्ट हुने
  • ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved