काठमाडौँ – अघिल्लो वर्ष कोरोनाका कारण लकडाउन भएपछि धेरै मान्छे तनावको शिकार भए । अस्पतालमा मनोरोगसम्बन्धी परामर्श लिनेको संख्या बढ्यो । यस वर्ष पनि कोरोनाको दोस्रो लहर शुरु भएपछि मानिसहरुमा तनाव र बेचैनी देखिएको छ । यस्तैमा लेखक बुद्धिसागरले लकडाउन टिप्स दिएका छन् ।


ADVERTISEMENT


लकडाउनमा के गर्ने ? यस्ता छन् उनका २० टिप्स : –


ADVERTISEMENT

# # #


१— युट्युबमा लोकेसन परिवर्तन गर्नुस् । कुनै अपरिचित देशको लोकेसन राख्नुस् । त्यताको ट्रेडिङ भिडियोहरू रमाइलो होला ।

२— संसारका सबै राष्ट्रका राष्ट्रगान सुन्ने कोशिस गर्नुस् । दक्षिण कोरियाको चाहिँ पाइँदैन ।

३— कुनामा पोका पारेका हरेक कुरालाई फेरि नियाल्नुस् । के थाहा तपाईंले बोकिरहेको प्रश्नको उत्तर त्यही भेटिन्छ कि !

४— बर्षौ सँगै बिताएको सँगैको मानिसलाई सोध्नुस्— उसको सपना के थियो ?

५— पढेर सबैभन्दा दिक्क लगाएको किताब फेरि पढ्नुस् । समस्या के हो ?

७— कम्तीमा एक घन्टा नृत्य गर्नुस् । गीत जुनै भए पनि ।

८— लकडाउन कसरी कटाइरहनुभएको छ, फेसबुकमा अप्ठ्यारो नमानी लेख्नुस् ।

१०— नयाँ भाषा सिक्ने कोशिस गर्नुस् ।

११— पुराना पुराना साथीलाई फेसबुकमा खोज्नुस् ।

१२— रिस उठेको कुरा कागजमा लेख्नुस् तर फेसबुकका पोस्ट नगर्नुस् ।

१३— पसिना बगाउँनुस्, उफ्रेरै भए पनि । कम्तीमा ४० पल्ट पुसअप गर्नुस् ।

१४— दिनमा ४ लिटर पानी पिउँनुस् ।

१५— चर्चित होइन, मन पर्ने गीत सुन्नुस् । खोज्नुस् ।

१६— स्टिभ जब्सका भाषण सुन्नुस्, युट्युबमा ।

१७— ब्रुस्लीका करतव हेर्नुस् ।

१८— जोसित संवाद बन्द भएको छ, उसलाई सन्देश पठाउँनुस् ।

१९— छिमेकीलाई मुस्कान दिनुस् । छतैबाट । हेहे ।

२०— दाँत बिहान र राति ब्रस गर्नुस् ।

(लेखकको फेसबुकबाट साभार)