काठमाडौ– नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले निर्वाचन अपरिहार्य भएको भन्दै अदालती प्रक्रियाले केही आशंका उब्जिएपनि चुनावको मिति कुनै पनि हालतमा सार्न नहुने तर्क गरेका छन् । आइतबार काठमाडौमा आयोजित कार्यक्रममा पाण्डेले भने ‘मतपत्र २ वटा आवश्यक परे पनि निर्वाचन आयोग सक्षम छ । चुनाव गराउन सक्छ ।’


ADVERTISEMENT


निर्वाचनको मिति जसले सार्छ उसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पाण्डेले दिए । अदृश्यशक्तिले चुनाव सार्ने प्रयास गरेको आशंका गर्दै पाण्डेले त्यस्ता प्रयास सफल नहुने बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रको आवश्यकताअनुसार वाम गठबन्धन गरिएको भन्दै पाण्डेले वामतालमेलले एमाले र माओवादीलाई दुई तिहाई बहुमतप्राप्तहुने दाबी गरे । उनले साम्यवाद र एकतन्त्रिय शाषनलाद्न खोजेको भन्ने आरोपको खण्डन गरेका छन् । अस्थिर सरकारको विकल्पका लागि दुई दल एक भएको भन्दै पाण्डेले अनावश्यक भ्रम छर्ने काम नगर्न आग्रह पनि गरे ।
मंसिर अन्तिम साता वाम गठबन्धनले बहुमतको सरकार बनाउने पाण्डेको दावी छ ।

कार्यक्रममा सिंचाईमन्त्री संजय गौतमले तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिवद्ध भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्धारित समयमंसिर १० र २१ गते नै चुनाव गराउने दाबीगर्दै मन्त्रीगौतमले चुनाव कुनै पनि हालतमा नसर्ने भन्दै आशंका नगर्न आग्रह गरे । त्यसैगरी राष्ट्रिय जनता पार्टीको महासचिव मनिष सुमनले मधेशी जनताका लागि मुख्य दलहरु कांग्रेस,एमाले र माओवादी एउटै भएको आरोप लगाए ।

तीन दलमध्ये पनि नेकपा एमाले मधेश विरोधी भएको आरोप लगाउँदै महासचिव सुमनले भने,‘एमालेले त मधेशी जनतालाई केही पनि दिन्न भनेर ठाडै भनेको छ ।’