काठमाण्डौं- धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्न सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाका बिभिन्न स्थानमा आइतबार साँझ मैनवत्ती बालिएको छ ।
सदरमुकाम राजविराजमा बिभिन्न संघसंस्थाको अगुवाईमा भएको श्रद्धान्जली कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिषकुमार सिंहसहित सर्वसाधारणले मैनबती बाली ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गरे । हिजो त्रिशुली नदीमा बस खस्दा कम्तिमा ३१ जनाको ज्यान गएको थियो । दुर्घटनामा मृत्यु हुने अधिकांश सप्तरीबासी छन् । घटनाले सप्तरी जिल्ला शोकमा डुबेको छ । – आजको कान्तिपुरबाट