काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्दै मोदीले कोरोनाको रोकथाम तथा नियन्त्रण लगायतका विविध विषयमा नेपालसँग सहकार्य गर्ने बताएका हुन् । साथै उनले नेपालले कोरोनाविरुद्धको खोप खरिदका लागि भएको सम्झौता अनुसार बाँकी रहेको खोप चाँडै नेपाललाई आपूर्ति गर्ने वचन दिएका हुन् ।
मोदीले प्रतिनिधिसभामा आइतबार विश्वासको मत पाएका प्रधानमन्त्री देउवालाई बधाई समेत दिएका छन् ।
मोदीले ट्वीटरमा भनेका छन्, ‘मेरो तर्फबाट बधाई र शुभकामना दिनका लागि प्रधनमन्त्री शेरबहादुर देउवासँग कुराकानी भयो । हामी भारत र नेपालबीच व्यापक सहयोग बढाउनका लागि मिलेर काम गर्नेछौँ । जसमध्ये कोरोना महामारी विरुद्धको लडाईं समेत रहेको छ ।’
Spoke with Prime Minister @DeubaSherbdr to convey my congratulations and best wishes. We will work together to further enhance the wide-ranging cooperation between India and Nepal, including in the fight against the COVID-19 pandemic.
— Narendra Modi (@narendramodi) July 19, 2021