काठमाण्डौं- पश्चिमी वायु र बंगलादेशको न्यून चापीय क्षेत्रले मुलुकभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी दुवैको मिश्रणका कारण कात्र्तिक दोश्रो साता नै काठमाडौं उपत्यका लगायत मुलुकभर ह्वात्तै चिसो बढेको मौसमविद् विभुति पोखरेलले बताए । उपत्यका सहित केही पहाडी क्षेत्रमा वर्षा समेत हुने सम्भावना रहेको पोखरेलले जानकारी दिए । मौसममा सुधार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । यसैबीच, मुगु, मुस्ताङ, गोरखा लगायत जिल्लाका उच्च भेगमा हिमपात भएको छ । उपल्लो मुस्ताङ र उत्तर–दक्षिणका उच्च भुभागमा हिमपातपछि एक्कासी चिसो बढ्दा जनजीवन प्रभावित भएको सहकर्मी बिनोद त्रिपाठीले जनाएका छन् । मौसम अनुकुल नभएपछि हवाई उडानमा समेत प्रभाव परेको जोमसोम विमानस्थलले जनाएको छ । गोरखामा समेत तीन हजार मिटर उचाई भन्दा माथिका अधिकांश स्थानमा हिउँ परेको स्थानीयले बताएका छन् ।- कान्तिपुरबाट
ताजा खबर
- आईएमई लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरण : खुद नाफा ३३ करोड बढी
- लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य
- बझाङ प्रदेशसभा (क) मा एमालेका भण्डारी विजयी
- इलाम-२ उपनिर्वाचन : सुहाङको निरन्तर अग्रता, खड्का र लिम्बुबीच टक्कर
- हाम्रा लागि पद महत्वपूर्ण होइन, गठबन्धनमा सम्मानजनक व्यवहार चाहिन्छ : माधव नेपाल