काठमाण्डौं- पश्चिमी वायु र बंगलादेशको न्यून चापीय क्षेत्रले मुलुकभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी दुवैको मिश्रणका कारण कात्र्तिक दोश्रो साता नै काठमाडौं उपत्यका लगायत मुलुकभर ह्वात्तै चिसो बढेको मौसमविद् विभुति पोखरेलले बताए । उपत्यका सहित केही पहाडी क्षेत्रमा वर्षा समेत हुने सम्भावना रहेको पोखरेलले जानकारी दिए । मौसममा सुधार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । यसैबीच, मुगु, मुस्ताङ, गोरखा लगायत जिल्लाका उच्च भेगमा हिमपात भएको छ । उपल्लो मुस्ताङ र उत्तर–दक्षिणका उच्च भुभागमा हिमपातपछि एक्कासी चिसो बढ्दा जनजीवन प्रभावित भएको सहकर्मी बिनोद त्रिपाठीले जनाएका छन् । मौसम अनुकुल नभएपछि हवाई उडानमा समेत प्रभाव परेको जोमसोम विमानस्थलले जनाएको छ । गोरखामा समेत तीन हजार मिटर उचाई भन्दा माथिका अधिकांश स्थानमा हिउँ परेको स्थानीयले बताएका छन् ।- कान्तिपुरबाट


ADVERTISEMENT