काठमाडौँ – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र फेवा बजारबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । फेवा बजारमा सामान किन्दा ग्राहकले ६ महीनादेखि ३६ महीनासम्म कर्जा सुविधा पाउने गरी कन्जुमर इएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चाय ले हस्ताक्षर गरेका छन् । बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न फाइनान्स कम्पनीका बजार तथा व्यवसायक प्रवद्वन प्रमुख शालिकराम पन्थीले बताए ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड, कर्पोरेट पे जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।
हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ ।