काठमाडौँ – सरकारले आजै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउने तयारी गरेको हो ।


ADVERTISEMENT


सोमवार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यादेशका लागि आग्रह गरेको स्रोतले बताएको छ । यता, जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो पनि दल फुटाउन सक्रिय देखिन्छन् । हालको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढंगले अध्यादेश ल्याउन लागिएको स्रोतले बताएको छ ।


ADVERTISEMENT

# # #


नेपाल पक्षले दलको नाम ‘समाजवादी पार्टी’ राख्नेगरी तयारी समेत गरिसकेको छ ।

अध्यादेशका लागि प्रतिनिधि सभा अधिवेशनको अन्त्यको सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग सदर पनि गराइसकेको स्रोतले बताएको छ ।