काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले परित्याग गरेका छन् । उनले शुक्रबार आफ्ना सचिवमार्फत एमाले कार्यालय सचिव शेरबहादुर तामाङलाई आफ्नो राजीनामा बुझाएका हुन् ।


ADVERTISEMENT


एमाले अध्यक्ष केपी शर्माओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका नेता गौतम माधव कुमार नेपाल नेतृत्वमा भर्खरै गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानेगरी एमाले परित्याग गरेको बुझिएको छ ।


ADVERTISEMENT

# # #


ओलीले जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुई तिहाईको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरित संसद भंग गरेको गौतमले आरोप लगाएका छन् ।

राजीनामा पत्रमा नेता गौतम अध्यक्ष ओलीप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले ओलीलाई कार्यशैली सुधार गर्न आफूले पटक–पटक सुझाव दिएको भन्दै गौतमले राजीनामा पत्रमा भनेका छन्, ‘तर तपाईँ सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’

एमाले एकताको पक्षमा उभिएका गौतमले माधवले नयाँ दल खोले उनकै पार्टीमा जाने बताएका थिए । तर, माधव नेपालले दल खोलेपछि भने एमाले छाडेका थिएनन् ।