विराटनगर – नेपाल खेलकुद महासंघ अन्तर्गत विराटनगर महानगर कमिटीको चयन भएको छ । नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा भएको सभामा दीपक घिमिरेलाई अध्यक्ष चयन गरिएको छ ।


ADVERTISEMENT


 कमिटी ५१ सदस्यीय हुने अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


साथै हाल नवगठित महानगर कमिटीमा  ३७ जना चयन भएका छन् भने बाँकीलाई पहिलो बैठकले चयन गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।
समितिको उपाध्यक्षमा प्रकाश पोखरेल र सचिवमा प्रताप कार्की चयन भएका छन् ।

नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलाले महानगरका १९ वटै वडालाई समेटेर महानगर कमिटी गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले खेलकुद क्षेत्रको विकास, नयाँ खेलाडीको उत्पादनमा ध्यान दिन नव निर्वाचित टीमलाई निर्देशन दिए ।

उनले खेलकुद महासंघका सदस्यहरू प्रत्येकले आफू पनि दैनिक व्यायाम गर्ने र अरुलाई समेत प्रेरित गर्नुपर्ने भन्दै बताए ।