काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ। दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।


ADVERTISEMENT


साफको तयारीका लागि नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

यस अघि नेपालले घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो।


ADVERTISEMENT

# # #


नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जानेछ।