काठमाडौँ – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नु पर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नु पर्ने लगाएका माग राख्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ज्ञापनपत्र बुझाएको छ ।


ADVERTISEMENT


अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मंगलबार संघले मन्त्रालय पुगेर मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ८ बुँदागत मागहरु समेटिएको छ । खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, विमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई सरकारी स्तरबाटै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, स्थानीय स्तरका खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरि परिचय पत्रको व्यवस्था गर्नुपर्ने लगाएत छन् ।


ADVERTISEMENT

# # #


ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष श्रेष्ठले आफ्नामा मागहरुका बिषयमा पटक पटक राज्यको ध्यानाकर्षण गरेपनि कुनै सुनुवाइ नभएको गुनासो गरे । उनले खेलमा लाग्ने प्ररित गर्ने वातावरण बनाउन पनि आग्रह गरे ।

त्यस्तै ज्ञापन पत्र बुझ्दै खेलकुदमन्त्री गहतराजले खेल क्षेत्रको बिकासका लागि आफु प्रतिवद्ध रहेको धारणा राखे । उनले खेल क्षेत्रको नीति तयार गर्दा सरोकारवालाहरुलाई सहभागी गराउने बताए ।

संघले १३ औं सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाएपनि रजत र कांश्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको छ ।