काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले छठ पर्व २०७८ को अवसरमा समस्त नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


विशेष गरी तराई क्षेत्रमा मनाईने छठको अवसरमा उपराष्ट्रपति पुनले विविधतायुक्त हाम्रा संस्कार संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ् समेत गर्दै आएको बताउँदै यस पर्वले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्नेमा विश्वास समेत व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसका साथै उनले विश्वव्यापी महामारी कोराना भाइरस (कोभिड–१९) को जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गरी छठ मनाउन समेत आग्रह गगरेका छन् ।