चितवन– जिल्लामा पहिलोपटक राष्ट्रियस्तरको पौडी प्रतियोगिता हुने भएको छ ।


ADVERTISEMENT


भरतपुर महानगरपालिका–१३ मा राष्ट्रिय विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको हो ।


ADVERTISEMENT

# # #


यही कात्तिक २७ र २८ गते लेक ट्वान्टी थाउजेन्ड फार्म रिसोर्ट (एलटिके हवेली) मा प्रतियोगिता हुन लागेको हो ।

महिला–पुरुष खेलाडीको ३६ विधामा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देभेन लोहनीले जानकारी दिए । उनका अनुसार ब्रेष्टस्ट्रोकतर्फ १८, बटरफ्लाईतर्फ आठ र फ्री स्टाइलतर्फ १० खेलहरु हुनेछन् । पच्चीस मिटरदेखि १०० मिटरसम्मका पौडी प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

लोहनीका अन्सार, प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयका ८–१०, १२–१४ वर्ष उमेर समूहका विद्यार्थी र १५ वर्षमाथिका खेलाडी सहभागी हुनेछन्, भने चितवन, मोरङ, ललितपुर, काठमाडौँ, कास्की, बाँकेलगायतका जिल्लाका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिताका लागि २५ मिटर लम्बाइ, १६ मिटर चौडाइमा फैलिएको पौडी पोखरी ६ लेनको तीनदेखि पाँच फिटसम्मको गहिरो छ ।

प्रतियोगितामा प्राविधिक सहयोग नेपाल पौडी सङ्घको रहेको छ । यसअघि यहाँ छ दिनसम्म राष्ट्रिय तथा जुनियर राष्ट्रिय टोलीका १२ खेलाडीले पौडी तालिम लिएका थिए । पौडी पोखरीका लागि संरचना निर्माणमा दुई करोड रुपैँया खर्च गरी अन्तर्राष्ट्रिय मापदण्डको पोखरी निर्माण गरिएसँगै हवेली आफैँले पौडी प्रतियोगिताको आयोजना गरेको लोहनीले बताए । रासस