धनुषा– नेपाली सेनाद्धारा दुर्घटनामा परी आगलागी भइरहेको बसबाट यात्रुहरु उद्धार गरिएको छ ।
सेनाले बुधवार धनुषाधाम नगरपालिक–६ स्थित महेन्द्र राजमार्गमादाङ्ग, तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना.६ ख ७१०२ नम्बरको यात्रुवाहक रात्री बस दुर्घटना परी आगजनी भएको बसबाट यात्रुलाई उद्धार गरेको हो ।
खबर प्राप्त हुनासाथ जिल्लामा तैनाथ नेपाली सेना (हवाई सुरक्षा तालिम शिक्षालय तथा श्री मेकानाईज्ड ईन्फेन्ट्री शिक्षालय) को उद्धार टोली तत्काल परिचालन भएका थिए । उद्धार टोलीले आगलागी भईरहेको बसको सिसा फोडी सम्पूर्ण यात्रुहरुलाई उद्धार गरेको छ । घाईतेमध्ये १२ जनालाई प्राथमिक उपचार गरी नेपाली सेनाको सवारी साधनद्वारा थप उपचारको लागि पुस्पलपुर स्थित स्वास्थ्य केयर सेन्टरमा लगिएको थियो भने बाँकी घाईतेहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
यस्तै, दुर्घटनामा परी गम्भिर घाईते भएमा दुई जनालाई भने थप उपचारको लागि लालगढ अस्पताल पठाईएको जनसम्पर्क सुचना कार्यालय जंगी अड्डाले जनाएको छ ।
दुर्घटना पश्चात् उक्त बसमा भएको भीषण आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।