काठमाडौँ– बैंक अफ काठमाण्डू (बीओके)लिमिटेडका सेवाग्राहीले एपोलो क्लिनिकमा उपचार गराउँदा २० % सम्म छुट पाउने भएका छन् ।


ADVERTISEMENT


बैंक र क्लिनिकबीच भएको सम्झौता अनुरुप बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकले २०% सम्म छुटको फाइदा उठाउन सक्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार, बैंकका ग्राहकले क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २०%, डाईग्नोष्टिक सेवाहरुमा १५% देखि २०% सम्म तथा फार्मेसी सेवामा १०% छुट पाउनेछन् ।

काठमाडौँ उपत्यकाको मैतिदेवीस्थित रहेको एपोलोले शुरुआती दिनदेखि नै सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आएको छ । यसैगरि, बीओकेले पनि ९१ शाखा कार्यालय, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सर्वाेत्कृष्ट सेवा दिदैँ आएको छ ।