काठमाडौं – नेकपा (एमाले)का  उपाध्यक्ष डा भीमबहादुर  रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । यसको लागि रावलले आन्तरिक तयारी पनि गरिररहेको बुझिएको छ ।


ADVERTISEMENT


यता अध्यक्ष केपी शर्मा ओली  निर्विरोध र सर्वसम्मत हुने  तयारीमा लागिरहेका बेला रावलले पार्टीमा कुनै कुरा सुनुवाइ नहुने गरेकाले अध्यक्ष पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको विश्वस्त स्रोतले बताएको छ । रावले अध्यक्षले दश बुँदे लगायतका सहमती तोडेको र पार्टीमा मनोमानी गरेको बताउँदै आएका पनि छन् ।


ADVERTISEMENT

# # #


रावलले अध्यक्षमा उम्मेदवारी दिनुभन्दाअघि आफ्नो समूहमा रहेका नेताहरुसँग पनि छलफल गरिरहेको बताइएको छ । रावलले आज र भोलिभित्रै उम्मेदवारी घोषणा गर्ने स्रोतको दाबी रहेको छ ।