काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  २०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला  ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९४ हजार रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला  ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।