काठमाडौं  – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला र १०० रुपैयाँले बढेर  ९३ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९२ हजार ७०० रुपैयाँ रहने छ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  १०ले घटेर एक हजार २५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ ।