काठमाडौं – नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरू भएको हो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीका अनुसार बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।