काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ अन्तर्गत महअष्टमीको दिन आइतबार पनि घर फर्कने यात्रुहरुको चाप निकै देखिएको छ ।
महअष्टमीको दिन नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको छ ।
घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।
उनले अष्टमीको दिन बिहान उपत्यका बाहिरिने गाडीको चाप बढि देखिएपनि त्यसपछि भने क्रमश कम हुँदै गएको बताए । दशैमा उपत्यका छाड्को संख्या बढ्संगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ ।



























