काठमाण्डौं-काराबागमाथि सहज जित हात पार्दै चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । तर, म्यानचेष्टर युनाइटेडले भने अर्को खेलसम्म कुर्नु पर्ने भएको छ । बुधबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित काराबागमाथि ४–० को जित निकालेको हो । घरेलु टोली १९ औं मिनेटमा नै १० खेलाडीमा सिमित भएको थियो ।


ADVERTISEMENT


त्यही बेला पाएको पेनाल्टीमा इडेन हजार्डले सहजै गोल गरे । ३६ औं मिनेटमा विलियनले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए । ७३ औं मिनेटमा पाएको पेनाल्टीमा सेस फेब्रिगासले गोल गरे भने ८५ औं मिनेटमा विलियनले नै व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए ।


ADVERTISEMENT

# # #


जितसँगै १० अंक जोडेको चेल्सी समूह सीको शीर्ष स्थानमा छ । अर्को खेलमा म्यानचेष्टर युनाइटेड भने एफसी बाजलसँग १–० ले पराजित भएको छ । यद्यपि युनाइटेड १२ अंकसहित समूह एको शीर्ष स्थानमा छ भने बाजल र सीएसकेए मस्कोको समान ९ अंक छ ।