काठमाण्डौं-कञ्चनपुरमा उखुको मूल्य निर्धारण गरिएको छ । नगदे बाली उखुको मुल्य तीन प्रकारमा निर्धारण गरिएको छ । बुधबार उखु उत्पादक किसान हकहित समिति कञ्चनपुर र महाकाली इन्डस्ट्रिज प्रालिबीच भएको सहमतिअनुसार उखुको मूल्य निर्धारण भएको हो ।


ADVERTISEMENT


उखु उत्पादक किसान हकहित समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईका अनुसार अति सामान्यको प्रतिक्विन्टल ४४१, समान्यको ४५१ र अर्ली अर्थात् उत्तमखाले उखुको ४७१ रुपैयाँ निर्धारण गरिएको बताए । उनका अनुसार गतवर्षभन्दा २० रुपैयाँ मात्रै वृद्धि गरिएको छ ।


ADVERTISEMENT

# # #


गतवर्ष अतिसमान्य ४२१, सामान्य ४३२ र अर्लीको ४५१ रुपैयाँ निर्धारण गरिएको थियो । उखुको मूल्य निर्धारण भएसँगै कञ्चनपुरका कृषकलाई सजिलो भएको बेलौरीका किसान गोपाल पन्तले बताए ।

उखुको मूल्य निर्धारण नहुँदा बिक्री गर्न समस्या भएको भन्दै उनले उत्पादन र आपूर्तिकर्ताबीच भएको सहमतिले किसानलाई राहत पुगेको बताए ।