कांग्रेस र वाम गठबन्धन बीच शुक्रबार राति झडप भएको छ । झडपमा वाम गठबन्धनका गोपाल आचार्य घाइते भएका छन् ।


ADVERTISEMENT


वाम गठबन्धनका सुवास आचार्य पक्राउ परेका छन् । खाइरहेको बेला वाम गठबन्धनले बिथोलेपछि झडप भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।


ADVERTISEMENT

# # #


झडपको समाचार सङ्कलन गर्न पुगेका एभिन्युज टेलिभिजनका पत्रकार हरिबोल आचार्य र जनबोली न्युज नेटवर्कका सम्पादक इन्द्र आचार्यमाथि दुर्व्यवहार भएको छ ।

समाचार सङ्कलनमा गएका पत्रकारहरुको मोटरसाइकल, ब्लु बुक लाइसेन्ससहितका कागजात खोसिएको प्रेस चौतारी र प्रेस सेन्टरले विज्ञप्ति मार्फत जनाएका छन् ।

दुवै संगठनले दुर्व्यवहार गर्नेमाथि कानुनी कारबाहीको माग गरेको छ । प्रजिअ अधिकारीले चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताए ।

गृह प्रशासनको गैरजिम्मेवारीपनाका कारण झडप भएको वाम गठबन्धनले जनाएको छ । ‘

निर्वाचन आचारसंहिताविपरीत भोज आयोजना गरेको विषयमा प्रशासनलाई पटक–पटक जानकारी गराउँदा समेत प्रशासनले बेवास्ता गरेकाले भोज विथोलेको झडपमा घाइते गोपाल आचार्यले बताए । कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले खाना खाँदै गरेको बेला वाम गठबन्धन पक्षले एक्कासी आक्रमण गरेपछि हातपात गरिएको बताए ।