दुनै डोल्पा– डोल्पाका ६६ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम दुनै ल्याइएको छ ।


ADVERTISEMENT


निर्वाचन सम्पन्न भएको तीन दिपछि सबै मतदान केन्द्रका मतपेसटका सदरमुकाम ल्याइएको हो । मंगलबारसम्म ५८ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइए पनि बाँकी ८ वटा मतदान केन्द्रका मतपेटिका आज मात्र ल्याइएको हो ।


ADVERTISEMENT

# # #


निर्वाचन सम्पन्न भए लगत्तै सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिका दुनै ल्याइएको र तल्लो डोल्पा तथा उपल्लो डोल्पाका केही मतदान केन्द्रका मतपेटिका मंगलबार सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिए ।

उपल्लो डोल्पाका २० मतदान केन्द्रका मतपेटिका भने दुई दिन लगाएर सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको उनले बताए ।