झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र वाम गठबन्धनले जित्ने दाबी गरेका छन्।


ADVERTISEMENT


भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले चुनावको परिणामले देशमा लोकतन्त्र नमासिने बरु कांग्रेसको शासनसत्ता मात्र मासिने बताए।


ADVERTISEMENT

# # #


झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले कांग्रेस आफ्नो फाइदाको निम्ति चल्ने पार्टी भएको आरोप लगाए।

‘कांग्रेससँग लोकतन्त्रको अभ्याससम्बन्धी सुशासन, पारदर्शीता, राष्ट्रिय एकता, सामाजिक सद्भावको कुरा केही छैन’, उनले भने। रासस