काठमाण्डौं-सर्वोच्च अदालतले ग्यासबाट सञ्चालन हुने २० बर्ष पुराना टेम्पु र माइक्रोबसलाई सञ्चालनमा रोक नलगाउन बुधबार अन्तरिम आदेश जारी गरेको छ । वातावरणमैत्री ग्यासबाट सञ्चालित सवारी साधनलाई नियमित सञ्चालन गर्न, नविकरण र रुट परमिट नदिने कार्यको लागु नगर्न र तत्काल पत्रु नगर्न भनी अन्तरिम आदेश जारी गरेको हो ।


ADVERTISEMENT


वातवरणमैत्री भएकाले सरकारले गत भदौ २८ मा ब्याट्रीबाट चल्ने सफा टेम्पुको आयु ३० बर्ष कायम गरेको थियो । तर, ग्यासबाट चल्ने यी साधनलाई संरक्षण गरेको भन्दै अदालतमा सुरेन्द्र थापासहित ११ जनाले निवेदन दर्ता गरका थिए । समान सवारीलाई असमान व्यवहार गरेको निवेदकको आरोप छ ।


ADVERTISEMENT

# # #


ग्यासबाट चल्ने माइक्रो र टेम्पो ३० बर्ष हुनु पर्ने माग गरिए पनि सर्वोच्चका न्यायाधीश तेजबहादुर केशी र पुरुषोतम भण्डारीले २० बर्ष पुरानालाई तत्काल कुनै पनि बाधा नपुर्‍याउन अन्तरिम आदेश दिएको हो । वातावरणमैत्री मानिएको विद्युतीय सवारी साधनलाई १० वर्ष म्याद थप गरी ३० बर्ष पुर्‍याएको भन्दै व्यवसायीले ग्यासबाट सञ्चालन हुने टेम्पो र माइक्रोबसलाई नविकरण, इजाजत दिन माग गर्दे आएको छ ।

यता सरकारले उपत्यकामा २०७३ फागुनदेखि र देशव्यापी रुपमा २०७४ फागुन ३० गते देखि २० बर्ष पुराना गाडी सञ्चालनमा प्रतिबन्ध लगाएको छ । प्रहरीले यी पुराना गाडीलाई पक्राउ गर्न सुरु गरेको थियो । अहिले भने उक्त अभियान प्रभावकारी भएको देखिदैन ।

यो नियमलाई हेर्दा सर्वोच्च अदालतले २० बर्ष पुराना गाडी सञ्चालन रोक्न सरकारको निर्णय विपरीत आदेश दिएको पाइएको छ । सरकारले २०७१ फागुन १८ गते राजपत्रको भाग ५ मा सूचना प्रकाशित गरी सार्वजनिक सवारी साधन (मालवहाक, यात्रुबहाक) को आयु अधिकतम २० बर्ष तोकेको थियो ।