कास्की – स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका तर्फबाट एकीकृेत समाजवादी पार्टीका भनराज आचार्यले १० हजार मत नाघेका छन् ।
जारी मतगणनामा ताजा मतपरिणाम अनुसार आचार्यले १० हजार १५७ मत ल्याएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णाबहानुर थापालाई १५५७ मतले पछि पारेका छन् । थापाले ८ कजार ६०० मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शैंकर खरालले १ हजार १३१ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले जम्मा ५८५ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरतर्फ उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट १० हजार ५२१ मतसहित अग्रस्थानमा छिन् । उनलाई एमालेकी मञ्जुदेवी गुरुङले पच्छ्याइरहेकी छन् । गुरुङले ९ हजार ७६६ मत प्राप्त गरेकी छन् ।
महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् ।
महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।