सङ्खुवासभा– जिल्लाको मादी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छन् ।


ADVERTISEMENT


मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी भएका छन् । आज दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द्रका दावाछत्र शेर्पालाई पराजित गरेका हुन् । उाका निकतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट प्रमुख उम्मेदवार शेर्पाले दुई हजार ६७६ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उपप्रमुखमा एमालेकै सुनितादेवी भट्टराई विजयी भएकी छन् । कांग्रेसका शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दै उपप्रमुख भट्टराई उपप्रमुख पदमा विजयी भएकी हुन् । उपप्रमुख चार हजार ११० मत ल्याएर विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पासाङ शेर्पाले तीन हजार २२८ मत पाएकी छन् । मादी नगरपालिकामा यसअघि प्रमुख उपप्रमुख नै एमालेले जितको थियो । रासस