काठमाडौँ – सकारले चितवनको भरतपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको अधूरो काम पूरा गर्ने भएको छ ।


ADVERTISEMENT


आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्द अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । प्रदेश र संघको सहकार्यमा उक्त मैदानको निर्माण गर्ने व्यवस्था मिलाइने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


यस्तै काठमाडौँको मुलपानीस्थित निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिने समेत उनले जनाए । यस्तै काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रातीकालीन खेल खेल्न मिल्ने गरी स्तरोन्नती गर्न आवश्यक रकम विनियोजन गरिएको समेत अर्थमन्त्री शर्माले जानकारी दिए ।