काठमाडौँ – सरकारले निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ ।


ADVERTISEMENT


अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त तलब स्केल आगामी साउन १ गतेदेखि लागू हुने बताए ।


ADVERTISEMENT

# # #


यस्तै कर्मचारीले हात खाइपाई आएको महंगी भत्तलाई समेत निरन्तरता दिइएको उनले जानकारी दिए । यस्तै राष्ट्रसेवक कर्मचारीको न्यूनतम तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरुको तलब सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिने भएको छ ।