काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।


ADVERTISEMENT


आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न उक्त रकमको बजेट बिनियोजन गरिएको बताए । कूल विनियोजन मध्ये चालू तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात ४२ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब, ८० अर्ब ३८ करोड अर्थात २१.२ प्रतिशत रहेको छ ।


ADVERTISEMENT

# # #


यस्तै वित्तीय व्यवस्था तर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत, प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत विनियोजन रहेको अर्थमन्त्री शर्माले बताए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुनेछ । उक्त न्यून पूर्ति गर्न वैदेशकि ऋण बाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने अर्थमन्त्री शर्माले जनाए ।

यस्तै राजश्व परिचालन तथा वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गरेर अपुग हुने २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उनले बताए ।