काठमाडौँ– कांग्रेस नेत्री सिर्जना सिंहले बल प्रयोग गरेर गरिएको फोहोर व्यवस्थापन दिर्घकालीन नहुने बताएकी छन् । काठमाडौँको फोहोर व्यवस्थापन सम्बन्धमा बुधवार एक ट्विट गर्दै उनले सो धारणा व्यक्त गरेकी हुन् ।


ADVERTISEMENT


‘स्थानिय जनप्रतिनिधीसंग छलफलमा बस्ने तर जनप्रतिनिधी मिटीङबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर गरेको फोहोर व्यस्थापन दिर्घकालिन हुदैन र राम्रो पनी होईन भनेर बुझ्नुपर्‍यो’, उनले लेखेकी छन्, ‘कामकारबाही सहमती अनुरूप हुनुपर्‍यो ।’ यस्तै, काठमाडौँ होस् वा बञ्चरेडॅाडाका सबै जनता सबैलाई न्याय होस् भन्ने उनले कामना समेत गरेकी छन् ।


ADVERTISEMENT

# # #


नेत्री सिंह काठमाडौँको पछिल्लो स्थानिय चुनावको गठबन्धनबाट मेयरको उम्मेदवार समेत हुन् । उनले बागी उम्मेदवार बालेन साहविरुद्व फराकिलो मतान्तरसहित हार व्यहोरेकी थिइन् ।