काठमाडौँ– कांग्रेस नेत्री सिर्जना सिंहले बल प्रयोग गरेर गरिएको फोहोर व्यवस्थापन दिर्घकालीन नहुने बताएकी छन् । काठमाडौँको फोहोर व्यवस्थापन सम्बन्धमा बुधवार एक ट्विट गर्दै उनले सो धारणा व्यक्त गरेकी हुन् ।
‘स्थानिय जनप्रतिनिधीसंग छलफलमा बस्ने तर जनप्रतिनिधी मिटीङबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर गरेको फोहोर व्यस्थापन दिर्घकालिन हुदैन र राम्रो पनी होईन भनेर बुझ्नुपर्यो’, उनले लेखेकी छन्, ‘कामकारबाही सहमती अनुरूप हुनुपर्यो ।’ यस्तै, काठमाडौँ होस् वा बञ्चरेडॅाडाका सबै जनता सबैलाई न्याय होस् भन्ने उनले कामना समेत गरेकी छन् ।
नेत्री सिंह काठमाडौँको पछिल्लो स्थानिय चुनावको गठबन्धनबाट मेयरको उम्मेदवार समेत हुन् । उनले बागी उम्मेदवार बालेन साहविरुद्व फराकिलो मतान्तरसहित हार व्यहोरेकी थिइन् ।
स्थानिय जनप्रतिनिधीसंग छलफलमा बस्ने तर जनप्रतिनिधी मिटीङबाट बाहिरीन नपाउदै उता भने बल प्रयोग गरेर गरेको फोहोर व्यस्थापन दिर्घकालिन हुदैन र राम्रो पनी होईन भनेर बुझ्नुपर्यो।कामकारबाही सहमती अनुरूप हुनुपर्यो।काडमान्डुको जनता होस वा बन्चरे डॅाडाका जनता सबैलाई न्याय होस #कामपा #सरकार
— Sirjana Singh (@Sirjana_Singh) June 8, 2022