काठमाडौँ– प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्याङ्क लिन जरुरी रहेको बताएका छन् । उनीहरुको सीपलाई उद्यमशीलता प्रवर्धनमा लगाउन पनि उनले आग्रह गरे ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘त्यसरी सिकेर आएका श्रमिकहरूलाई पूँजी तालिम, उत्प्रेरणा र बजारसम्बन्धी ज्ञान दिएर उद्यमशीलता प्रवद्र्धनमा लगाउन सकियो भने अर्थतन्त्रलाई बहुआयामिक कोणबाट सुन्दर बनाउन भूमिका खेल्न सक्छ ।’


ADVERTISEMENT

# # #


पोखरेलले यसका लागि निजी क्षेत्रको परामर्श सेवा तथा तथ्याङ्कसमेत लिन जरुरी रहेको र यसले एउटा संयन्त्रको समेत माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्न उनको आग्रह छ ।

खानेपानी सेवा विस्तार तथा पुनःस्थापनामा पालिकागतरूपमा हेर्दा मधेस प्रदेशमा बजेट कम किन परेको हो ? आफूले जान्न नसकेको धारणा व्इक्त गर्दे उनले जलवायु अनुकूलन बृहत् खानेपानी भन्ने शीर्षकमा रु तीन अर्ब ४३ करोड बजेट रहेकामा मधेसमा न्यून रहेको गुनासो पोखे ।

‘ढल निर्माण तथा प्रशोधनका लागि जम्मा रु १० लाखमात्रै बजेट छ के गर्न खोजिएको आफूले बुझ्न सकेको छैन’,खानेपानी मन्त्रालयअन्तर्गतको विविध शीर्षकमाथिको छलफलमा उनले सुनाए ।

पूर्वशिक्षामन्त्रीसमेत रहेका नेता पोखरेलको शिक्षा मन्त्रालयअन्तर्गतका विषयगत शिर्षकको छलफलमा भाग लिँदै शिक्षामा विकृति बढेको धारणा छ। सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम विसं २०७५ मा आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले ‘स’ पनि उच्चारण गरेन भन्दै उनले सरकारमाथि प्रश्न समेत तेस्र्याए ।

स्कुलको प्रविधिमैत्री पूर्वाधार निर्माणमा समेत अहिलेको कार्यक्रममा अन्योलता देखिएको भन्दै उनले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । रेलवे पढाउनका लागि भनेर बजेट छुट्टिएकामा उहाँले सरकारलाई धन्यवाद दिए । रक्षा मन्त्रालयको विषयमा प्रश्न गर्दै उनले अमेरिकी सेनाका अधिकारीहरूको नेपाल भ्रमण र नेपाली सेनाको अमेरिकी भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे ।

यस्तै,  सैनिक रणनीतिक कार्यक्रमहरूमा जोडिन खोजिएको हो कि ? भन्ने प्रश्न उठेको भन्दै उक्त विषयमा स्पष्ट पार्नुपर्ने उनको माग छ । रासस