काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता तत्कालिन ओली सरकारकै पालामा भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले एसपीपी सम्झौता भइनसकेको र यो कुनै पनि हालतमा नहुने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै उनले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने प्रत्यत्न भइरहेको बताए । ‘अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्, त्यो बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भाएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’ उनले भने ।

अघि बोल्दै उनले थपे, ‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो हामी सबैले बुझ्न जरुरी छ ।’