काठमाडौँ– भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष डा. विनय सहस्रबुद्धे नेपाल भ्रमणमा आएका छन् । गत जेष्ठ ३१ गते नेपाल आएका उनले आजसम्म भ्रमण गर्ने भारतीय दूतावासले बताएको छ ।


ADVERTISEMENT


यसक्रममा सहस्रबुद्धेले बिहिवार राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा र माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरि उनले आइसीसीआर छात्रवृत्ति अन्तर्गत भारतमा अध्ययन गरेकासहित अन्य नेपाली विद्यार्थीहरुलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यहरुसँग कुराकानी गरे । पूर्व विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीहरुले निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे चर्चा गरेका छन् ।

आइसीसीआरले खेल्न सक्ने विशेष पहल र भूमिकाबारे छलफल गर्न डा. सहस्रबुद्धेले काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)का निर्देशक लगायत प्रमुख शिक्षाविद् र प्राज्ञहरुसँग भेट गर्ने दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा सहस्रबुद्धेले बिहिवार ‘आजादीका अमृत महोत्सव’ को कार्यक्रमको रुपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौँ अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृति केन्द्रद्वारा पशुपतिनाथस्थित आयोजित ‘अन्तर्राष्ट्रिय योग दिवस २०२२’ को सुरुवाती कार्यक्रममा समेत सहभागिता जनाए । कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झण्डै १५० जना योग पारखीहरुको उपस्थित रहेको थियो ।