काठमाडौं – ह्याम्स अस्पताल र सूर्यकोट बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कस्मिक इन्टरनेश्नल एकेडेमी कोटेश्वरमा निशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ । शिविरमा एकहजार भन्दा धेरैको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा ह्याम्स अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोलीले मुटुरोग, छालारोग, स्त्री रोग, नाककान घाटी लगायत रोगको परीक्षण गरेको हो । शिविरमा इसिजि सेवा र निशुल्क औषधी समेत वितरण गरिएको छ ।


ADVERTISEMENT


बिभिन्न समयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौंको ह्याम्स अस्पतालले आफ्नो रजत जयन्तीको अवसरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । सूर्यकोट बचत तथा ऋण सहकारी संस्था र ह्याम्स अस्पतालको संयुक्त आयोजनामा कस्मीक इन्टरनेश्नल एकेडेमी कोटेश्वरमा एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


शिविरमा ह्याम्स अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोलीले मुटुरोग, छालारोग, स्त्रीरोग नाककान घाँटी लगाएतको रोगको परीक्षण, इसिजि सेवा र निशुल्क औषधी समेत वितरण गरिएको छ । शिविरमा एक हजार भन्दा धेरैले स्वास्थ्य परीक्षण गराएका छन् ।

निशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न पाउँदा खुशी लागेको सेवाग्राहीले बताए । ह्याम्स अस्पतालले २५ औ बार्षिक उत्सवको अवसरमा विभिन्न समय‌ तथा स्थान मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्य‌ लिएको छ ।