काठमाडौं – नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ।


ADVERTISEMENT


केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको हो । अनुसन्धान विभागका एक अधिकारीले भने । ती अधिकारीका अनुसार दुई महिनायता सो मेसिन सक्रिय छ। भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउनेजाने गरेकाले पनि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ सुरु गरिएको स्रोतले जनाएको छ।


ADVERTISEMENT

# # #


फोन ट्यापिङसम्बन्धी कानुन नबनेको अवस्थामा विभागले यसलाई औपचारिक रूपमा प्रयोग गर्न भने पाएको छैन । बेलाबखत भने यो मेसिन प्रयोग गरिँदै आएको स्रोतको दाबी छ। नेपालमा प्रतिआतंकवाद सेल नभएका कारण पनि सरकारले यस्ता विषयमा कानुन बनाएर फोन ट्यापिङ गर्न दिनुपर्ने विभागको माग छ। नागरिक दैनिकबाट।