चितवन – नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनले भूतपुर्व र बहालवाला प्रहरी परिवारका लागि तीन महिने सिलाई कटाई तालिम सुरु गरेको छ । कान्तिपुर बहुप्राविधिक शिक्षालय भरतपुरको आयोजनामा प्रहरी शिक्षालय परिसरमा भूतपुर्व र बहालवाला प्रहरी परिवारका २० सदस्यका लागी ७८ दिने सिलाई कटाई तालिम सुरु गरिएको हो ।


ADVERTISEMENT


शिक्षालय परिसरभित्र सञ्चालित तीन महिने सिलाई कटाई तालिमको शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले उद्धघाटन गरेका हुन् । नेपाल सरकार शिक्षा मन्त्रालय ईभेन्ट दोस्रो परियोजनाको सहयोगमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त कान्तिपुर बहुप्राविधिक शिक्षालय संग सहकार्य गरी तालिमको आयोजना गरिएको र यसले प्रहरी परिवारलाई आत्म निर्भर बनाएर जिबिकोपार्जन गर्न सहयोग गरी स्वाबलम्बिमी बनाउने शिक्षालयका निर्देशक भण्डारीले बताए ।


ADVERTISEMENT

# # #


१ महिना अगाडी मात्रै डिआईजिमा बढुवा भएर असार २२ गते चितवन प्रहरी शिक्षालयमा आएका भण्डारीले यस तालिम केन्द्र लाई देशकै नमुना शिक्षालयका रुपमा बिकास गर्ने तयारी गरेका छन् । उनी आउना साथ आन्तरीक सुधारमा धेरै काम भईसकेको र प्रहरी परिवारको व्यवसायीक र सामाजिक विकासका लागि उनिबाट रचनात्कम कामको थालनी हुन थालेको प्रहरी अधिकृतहरु बताउँछन् । यस अगाडी अपराध अनुसन्धान बिद्यालय महाराज गन्जमा रहेर कुशल कार्यक्षमता प्रस्तुत गरेका भण्डारीले नेपाल प्रहरी शिक्षालय भरतपुरमा धेरै सुधारका काम गर्न सक्ने अनुमान प्रहरी अधिकारीहरुले गरेका छन् ।

भण्डारीको चितवन आगमन संगै शिक्षालय भित्रका जुनियर देखी सिनियर अधिकृतहरुमा उर्जा र आत्मबल बढेको एक प्रहरी निरिक्षकले बताए । ति निरिक्षकले भने भण्डारी प्रहरी संगठनमा निकै चर्चित र कुशल प्रशासका रुपमा चिनिन्छन । उनको कार्यकौशलता र कार्यक्षमता निकै अब्वल रहेको छ । अब शिक्षालयमा धेरै सुधार आउने छ । शिक्षण सिकाई पनि धेरै प्रभावकारी हुने छ ।

तालिममा पुर्व प्रहरी संगठनका परिवारबाट २ जना र बहालवाला प्रहरी परिवारका सदस्य बाट १८ जना सहभागी रहेका छन् । १७८ देशमा तालिमबाट प्राप्त प्रमाणपत्रले मान्यता पाउने बताईएको छ ।

सिलाई कटाई तालिममा सहभागीलाई प्रतिदिन ७५ रुपैया भक्ताको समेत ब्यवस्था गरिएको छ । तालिम बिहाना १०:३० देखी दिउँसो ३:३० बजे सम्म सञ्चालन हुने छ । तालिमको संयोजन प्रशासन शाखाका प्रहरी निरिक्षक राजेन्द्र थापा मगरले गरेका छन् ।