काठमाडौँ – चलचित्र विकास बोर्ड, नेपालको अध्यक्ष पद मनोनित भएका भुवन केसी पदबहाली गरेका छन् ।


ADVERTISEMENT


बुधबार चावहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षको रुपमा पदभार ग्रहण गरेका हुन् । पदभारपछि केसीले सवैसंग छलफल गरेर आगामी कार्ययोजना बनाउने बताए ।


ADVERTISEMENT

# # #


बोर्डको सेवालाई नियमकानूनको परिधिभित्र बसेर सहज ढंगले अघि बढाउने उनले बताए । उनले सरकारले आफुलाई दिएको जिम्मेवारीलाई प्रतिवद्ध भएर अघि बढाउने जिकिर गरे। यसअघिका अध्यक्षले सुरु गरेको कार्ययोजनालाई निरन्तरता दिने र आफ्नो नयाँ कार्ययोजना ल्याउने उनको भनाई छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षका लागि बोर्डको अध्यक्षमा केसीलाई मनोनित गरेको थियो ।