काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् ।


ADVERTISEMENT


उनलाई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अर्थमन्त्री नियुक्त गरेकी हुन् । नियुक्त अर्थमन्त्री शर्माले आजै ५ बजेपछि शपथ गर्ने बुझिएको छ ।


ADVERTISEMENT

# # #


शर्मामाथि यसअघि आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन अर्थ मन्त्रालयमा करको दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेको थियो । चौतर्फी आलोचनाले घेरिएपछि तत्कालीन अर्थमन्त्री शर्माले गत २२ असारमा राजीनामा दिएका थिए । सोहि दिन उनीमाथि अनुसन्धान गर्न संसदीय विशेष समिति बनेको थियो।

उक्त समितिले शर्माले मन्त्रालयमा अनाधिकृत व्यक्ति ल्याएको हो वा होइन भन्ने पुष्ट्याईका लागि ‘डिलीट’ भएको भनिएको ‘सिसीटिभी फुटेज’ रिकभर गरेको थियो । यद्यपि अस्पष्ट देखिने उक्त रिकभर गरिएको फुटेजमा शर्माले अनाधिकृत व्यक्ति पसाएको उचित प्रमाण नभेटिएपछि समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो।

बहुमतका आधारमा अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको भन्दै समितिले निष्कर्ष बुझाएपछि शर्मामा पुनः शर्मालाई नै जिनयुक्त गरिएको हो ।