काठमाडौँ– प्रहरीले काभ्रेस्थलीमा सोमबार भएको सामूहिक हत्याको प्रारम्भिक निस्कर्ष निस्केको छ । प्रहरीले हिजो तारकेश्वर नगरपालिका– २ पदमशालस्थित पाण्डेको घरमा उनका चारै सदस्यलाई मृत फेला पारेको थियो ।


ADVERTISEMENT


मृतकमा ४१ वर्षीया दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता कार्की, १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । प्रहरीले घटनाबारे घटनास्थलमा भेटेको सुसाइड नोट र छरछिमेकको बयानका आधारमा घटनाबारे प्रारम्भिक निस्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


निस्कर्षमा मृतक दिनेश पाण्डे दम्पतीबीचको खटपटकै कारण पहिले हत्या गरिएको र त्यसपछि भने आत्महत्या गरेको हुनसक्ने देखाएको छ । यस्तै, स्थानियको बयान, घटनास्थलमा पाइएको सुसाइड नोट तथा रगताम्य खुट्टाको डोबका आधारमा दिनेश र उनकी श्रीमती सुनिता कार्कीबीचको सम्बन्धमा लामो समयदेखि दरार रहँदै आएको र त्यसको झोकमा पाण्डेले श्रीमती तथा छोराछोरीको हत्या गरेर आफु आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश र श्रीमतीबीच यसअघि पटकपटक झै–झगडा भएको र मेलमिलापका लागि केही दुईपटक प्रहरी चौकीसम्म पुगेको खुलेको छ ।