काठमाडौं – मुखद्वारा नै संगीत भरिएको नेपालकै पहिलो गीतको छायांकन सप्पन्न भएको छ । बाबुल गिरीको संगीत र एरेन्ज रहेको गीतमा बाबुल गिरीले मुखले नै गीत भित्र बाजा बजाएका छन् । सम्भवत: यो नेपाली गीतमा गरिएको पहिलो प्रयोग हो।
गीतमा नित्याशिवा र बाबुल गिरीको स्वर रहेको छ । गीतको बोल जय भोले मेहरम रहेको बताइएको छ । यसअघि नेपालमा मुखद्वारा नै संगीत भरिएको गीत रेकर्ड भएको थिएन भन्ने अनुमान गरिएको छ ।
राहुल कोइरालाको छायांकन सुमन शंकरको शृङार कल्पेस बाइकको सम्पादन अनि शंकर अधिकारी घायलको उक्त शिव भजन लाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन् भने गीत यसै साता रिलिज गरिनेछ।
यो गीत प्रकाशन भएपछि नेपालको मानव आवाजमै बाजा भरिएको पहिलो गीत बन्ने छायांकन टोलीको अनुमान छ । गीत भजनमा आधारित रहेको छ ।